हेटौंडाः आज आइतबार हेटौंडा उपमहानगरपालिकाका १७ वटा खोपकेन्द्रमा दादुरा रुबेला विरुद्धको खोप लगाइने भएको छ ।
आज हेटौंडा–२ स्थित वनस्खण्डी स्वास्थ्य केन्द्र, हेटौंडा–३ स्थित सनसाईन बोडिङ स्कूल, जम्बुचौतारा, हेटौंडा–४ स्थित आमसाई बोडिङ स्कूल, हेटौंडा–५ स्थित रिलायन्स बोडिङ स्कूल, हेटौंडा–७ स्थित नागस्वती स्वास्थ्य केन्द्र, हेटौंडा–८ स्थित हेटौंडा औद्योगिक क्षेत्र, हेटौंडा–९ स्थित जनकल्याण टोल, हेटौंडा–११ स्थित नवलपुर सहरी स्वास्थ्य केन्द्रमा खोप लगाइँदैछ ।
यस्तै हेटौंडा–१२ स्थित भोर्ले महिला स्वास्थ्य स्वयमसेविकाको घर, हेटौंडा–१३ टुटेपानीस्थित चन्द्रोदय आधारभूत विद्यालय, हेटौंडा–१४ उत्तरपानीस्थित मयुरधाप स्वास्थ्य केन्द्र, हेटौंडा–१५, फारलाइनस्थित वनदेवी आधारभूत विद्यालय, हेटौंडा–१६, घ्याम्पे, हेटौंडा–१७ स्थित राजदेवी मावि, हेटौंडा–१८, हर्नामाडीस्थित ठुलो दमार चौकी र हेटौंडा–१९, ज्यामिरेस्थित अरनिको आधारभूत विद्यालयस्थित खोपकेन्द्रमा खोप लगाइँदैछ ।
हेटौंडा उपमहानगरपालिकामा बिहिबारदेखि सुरु गरेको दादुरा रुवेला विरुद्धको खोप कार्यक्रम असार ६ गतेसम्म चल्नेछ । ९ महिनादेखि ५ वर्षसम्मका हेटौंडा उपमहानगरक्षेत्रका करिब ११ हजार बालबालिकालाई खोप लगाउन १०६ वटा खोपकेन्द्र कायम गरिएको छ ।