हेटौँडाः छिमेकी मुलुक भारतमा हुने साहित्य महोत्सवमा मकवानपुरका पाँच जना साहित्यकार सहभागी हुँदैछन् । साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, उपाध्यक्ष सानु खनालसँगै साहित्यकार किशन पौडेल, बैकुण्ठ लामिछाने र देवेन्द्र कलवार सहभागी हुँदै हुनुहुन्छ ।

भारतको मेरठमा हुने मंसिर ८, ९ र १० गते तीन दिन हुने महोत्सवमा काठमाडौं, चितवन, नेपालगन्जबाट पनि नेपाली साहित्यकार सहभागी हुने साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले जानकारी दिनुभएको छ । नेपाली साहित्यकारलाई सम्मान गर्दैै महोत्सवमा नेपाली साहित्यकारको प्रस्तुतीका लागि विशेष मञ्च नै उपलब्ध गराउने बताइएको छ । यसअघि मकवानपुरका साहित्यकारहरु आरआर चौलागाई, निमेष निखिल, सुवास खनाल सहभागी हुनुभएको थियो । नेपाली साहित्यकारले कविता, गजल, मुक्तक वाचन गर्नुका साथै साहित्यसँग सम्बन्धित रहेर आयोजना गरिने बहसमा पनि सहभागी हुनेछन् । मकवानपुरका साहित्यकार आज बुधबार बिहान रक्सौल, गोरखपुर, दिल्ली हुँदै मेरठ पुग्नेछन् ।