सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा ३ जना मृत फेला परेका छन् । प्रदेशको चितवन, धादिङ र काभ्रेपलाञ्चोक जिल्लामा ३ जना मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चितवनको भरतपुर महानगरपालिका–१, नारायणी नदीको किनारमा एक जना वृद्धा मृत फेला परेका छन् । मृत फेला पर्नेमा चितवनको रत्ननगर नगरपालिका–११, जयमंगला बस्ने ७६ वर्षीया सुशीलादेवी घिमिरे रहेको प्रहरी जानकारी दिएको छ ।

बिहीबार दिउँसो १२ बजेको समयमा भरतपुर महानगरपालिका–४, लंकु हिडेकी थिइन् । शुक्रबार बिहान ७ बजेर ३० मिनेटको समयमा पानीमा तैरिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

धादिङ जिल्लाको रुभिभ्यालि गाउँपालिका–५, स्थित मेलको पत्तामा परि एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा साईनटोलकी ६८ वर्षीया रिति तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार साँझ ६ बजेर २० मिनेटको समयमा आईत घलेले संचालन गरेको मकै कोदोपिस्ने मेलमा मकै पिस्न आएकोमा अचानक मिलको पत्तामा परि घटना स्थलमानै मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको पाचखाल नगरपालिका–३, तामाघाटमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा पर्सा जिल्ला विरगंज महानगरपालिका–५, घर भई हाल पांचखालमा मिस्त्री कामगर्ने ३५ वर्षीय अवतार पटेल रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान ४ बजेर १० मिनेटको समयमा पटेल सुतिरहेको ठाउँमा मृत्यु अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।