हेटौँडाः हेटौँडा–४, हुप्रचौरस्थित मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालयको पर्खाल पारी छ एउटा टेबलटेनिस बोर्ड । एउटा अन्तर्राष्ट्रिय खेलको रुपमा ख्याती कमाएको टेबलटेनिस खेलका लागि मकवानपुर जिल्लाको खेलकुद कार्यालयसँगैको टेबलटेनिस बोर्ड एउटा लावारिस वस्तु जस्तै छ । टेबलटेनिस बन्द कोठामा खेलिने खेल हो । तर, मकवानपुर जिल्लामा बन्द कोठामा टेबलटेनिस बोर्ड छैन ।
हुप्रचौरस्थित टेबलटेनिस बोर्डमा दैनिक १० देखि १५ जनाको संख्यामा खेलाडी सहभागिता हुने गरेका छन् । टेबलटेनिस खेलाडीहरुले बिहान नियमित ५ बजेदेखि ९ बजेसम्म खेल्न आउने गरेको सुदीप पराजुलीले बताउनु भयो । चौघडा, हटिया, पिप्ले, थानाभ¥याङ, फरेष्ट्री, नवलपुरदेखि खेलाडीहरु टेबलटेनिस खेल्न हुप्रचौर आउने गरेका छन् । पराजुलीका अनुसार टेबलटेनिस खेल सिङगल, डबल खेल्न मिल्ने एकजना खेलाडीले २ पटक सर्भिस गर्न पाउने खेल हो । उहाँले २ बर्षदेखि टेबलटेनिस खेल्न थालेको बताउनु भयो ।
शारीरिक व्यायामका लागि अरु खेलमाहरुमा जस्तो धेरै दुःख गर्नु नपर्ने भएकोले टेबलटेनिसलाई रोजेको पराजुली बताउनुहुन्छ । अन्य खेलमा जस्तो टेबलटेनिस खेलमा धेरै संघर्ष गर्नु नपर्ने, दौडिनु नपर्ने भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा राम्रो अवसर प्राप्त गर्न सकिने सम्भावना छ । मकवानपुर जिल्ला खेलाडीप्रति सकारात्मक नभएको, जिल्ला खेलकुद विकास समितिले टेबलटेनिसलाई प्राथमिकता नदिएको, गत महिनामा भएको दोस्रो बागमती प्रदेश खेलकुदमा टेबलटेनिसलाई रुची नदिएको कारणले टेबलटेनिस खेल निर्मूल हुन सक्ने हुप्रचौरमा सहभागी खेलाडीहरुको गुनासो छ ।