क्याम्पस परिसरमा सरसफाई गर्दै विद्यार्थी नेता ।

हेटौँडा : चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनका क्रममा हेटौँडा–४ स्थित हेटौँडा क्याम्पस परिसरमा भएको फोहोर विद्यार्थीहरुले सरसफाई गरेका छन् । चैत ५ गते मंगलबार निर्वाचन कार्यक्रमअन्तर्गत मतदानको कार्यक्रम सकिए लगत्तै अनेरास्ववियुका विद्यार्थी नेता, कार्यकर्ता र विद्यार्थीले क्याम्पस परिसरको सरसफाई गरेका हुन् ।

निर्वाचनका क्रममा उम्मेदवारका पर्चा, निर्वाचनका क्रममा भेला भएकाहरुले गरेका फोहोर सरसफाई गरिएको हो । विभिन्न सभा, समारोहको आयोजना पश्चात फोहोर व्यवस्थापनमा आयोजकको ध्यान नपुग्दा सार्वजनिकरुपमा आलोचना हुने गरेको छ । यस किसिमको आलोचना नहोस् भनी आयोजकहरुले पछिल्लो समय सरसफाईको काममा ध्यान दिन थालेका छन् ।