रक्तदान गर्दै रक्तदाता ।

हेटौंडाः नेपाल स्वयंसेवी रक्तदाता समाज हेटौँडा उपमहानगर समिति र हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको संयुक्त आयोजनामा बुधबार रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २२ जनाले रक्तदान गरेको स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष पूर्ण अर्यालले जानकारी दिनुभयो ।

रक्तसञ्चार केन्द्रमा रगत अभाव भएका कारण वडा कार्यालय र समाजले संयुक्तरुपमा कार्यक्रम आयोजना गरेको अर्यालले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्य थियो । केन्द्रमा अहिले ए र ओ पोजेटिभ ग्रुपको रगत अभाव भएको केन्द्रका प्राविधिक टंक दहालले जानकारी दिनुभयो । रक्तदान गर्न चाहनु हुनेले केन्द्रमै गएर रक्तदान गर्न दहालले आग्रह गर्नुभयो ।

हेटौंडा अस्पतालमा डाइलासिसको बिरामी बढेसँगै केन्द्रमा रगत अभाव भएको उहाँको भनाइ छ । शनिबार मकवानपुरगढी गाउँपालिका–३ मा रहेको जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम हुँदैछ ।