जबसम्म हास्यव्यङ्ग्य सर्जकले आपैंmमाथि व्यङ्ग्य गर्न सक्दैन तबसम्म उ कहिल्यै सफल सर्जक बन्नै सक्दैन भन्ने भनाई रहेको पाइन्छ । भैरव अर्याल, देवकोटा, बिपी, पिडाली, वासुदेव शर्मादेखि गाम्नागे, आर.सी. रिजालसम्म आइपुग्दा ती सबै सर्जकले आफैं र आफैं रहेको समाजमाथि यथेष्ट व्यङ्ग्य गरेका पाइन्छन् । बिपीले “दोषी चश्मा” मा केशवराज पात्रमार्फत् चाकडीबाजमाथि व्यङ्ग्यको अद्भुत कला पोख्नु भएजस्तै देवकोटाले “गधा बोल्छ” मार्फत् गधाको बुद्धिबाट मानिसले सिक्न प्रेरित हुनुपर्ने भन्दै व्यङ्ग्य लेख्नु भएको छ । गाम्नागेले आम मानिसलाई बिहान बेलुकाको छाक टार्नुमा समस्या रहेकोमा छाकैपिच्छे कहिले मुला र आलु त कहिले आलु र मुला पकाएर छकाएर खुवाउने सल्लाह दिनु भएको छ । यस्तै वरिष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजालले “ज्वाईँ दिमाग धुलाई केन्द्र” अर्थात् क्यल क्ष्ल९ीबध ःष्लम ध्बकजष्लन ऋभलतभच स्थापना गर्ने तथा आदर्श ज्वाईको प्रमाणपत्र दिने जस्ता खुराक “ज्वाइँ महात्म्य” मा उल्लेख गर्नु भएको छ । यसै सन्दर्भमा आज भने नेपाली साहित्यमा सुपरिचित नाम श्याम गोतामेका आत्मकेन्द्रित हास्यव्यङ्ग्यका किस्साहरुलाई जोड्ने प्रयत्न गरिनेछ ।
निम्नस्तरको साहित्य लेखनले चर्चा पाएको भन्दै “सेलाएको साहित्य” मा उहाँ लेख्नुहुन्छः
लेख्नु उदारता हो र त्यसमाथि पनि घटिया लेखन त झन् साहित्यिकि सक्रियताको मापदण्ड हो । घटिया लेखन गतिमान छ भन्ने प्रमाण म अरु के दिउ ? म जस्ता पतित पाराका लेखकको हरिप कोटीको रचना गरिमामा तपाई पढ्दै हुनुहुन्छ ।
सोही लेखमा उहाँ साहित्यकारलाई यसरी व्यङ्ग्य गर्नुहुन्छः
अचेल मेरो पूरै परिवार वणिक्–वृत्तिमा लागेको छ । गत साल सुपुत्रले मदिरा पसल विमोचन गराए । विमोचन समारोहमा बुद्धिजीवीहरुको सुखद उपस्थितिले के खुट्याउन गाह्रो पर्यो भने विमोचन कुनै ग्रन्थको भइरहेछ अथवा मदिराको बोत्तलको ⁄ राजधानीमा छँदा अरुद्वारा मदिराको तोडमा सिर्जित रचनाहरु साफी र टंकन गर्थेँ समयको हुरी कस्तो आयो भने अचेल म मदिराको बोत्तल गन्दै उधारो खानेहरुको नामावली अंकन गर्छु । साहित्यकारले केही गर्नु नै साहित्य हो, रचनाको सृष्टि मात्र साहित्य हो भन्ने न त कुनै ऐन छ न कुनै परिपत्र नै ।
“बहिदारको छनोट” शीर्षकमा गोतामे लेख्नुहुन्छः
अन्तर्वार्ताका क्रममा एक प्रश्न सोधेँः मत्स्य न्याय भनेको के हो ?
धोबीखोलेः यहाँको आशय माछापालन त होइन ?
मः (कड्केर) प्रश्नको उत्तर उत्तरमा दिइन्छ, प्रश्नमा होइन ।
धोबीखोलेः (ङिच्च दाँत देखाउँदै) थाहा छैन श्रीमान् ।
म आफ्नो प्रश्नकलाबाट आफैं मख्ख परेँ र मख्ख पर्ने यो प्रक्रिया झण्डै झण्डै त्यस्तै थियो जसरी सरकारी वकीलले निमुखा र सोझो झगडियालाई रनभुल्लमा पार्न प्रश्नरुपी क्षेप्यास्त्र प्रहार गर्दा उसको मुखमण्डलमा व्याप्त हुन्छ ।
“लेख कसरी तयार गर्ने” शीर्षकको लेखमा उहाँ लेख्नुहुन्छः
अझैं पनि तपाईँ आफूलाई लेखकमा नै दर्नुहुन्छ भने त तपाईमाथि दया गर्नुबाहेक अरु भन्नु मेरो केही पनि छैन ।
लेख चोरी भएका वा विदेशी लेखकका रचनाहरु अनुवाद गरी आफ्ना नाममा दर्ता गरिएका गाइगुइँ लेखकवृत्तमा प्रशस्तै सुनिएका छन् । एकअर्काको सिको, डाढो, नक्कल गर्न जान्ने मान्छे मात्रै निरन्तर लेखन साधनामा रहेको हुन्छ भन्दै उहा लेख्नुहुन्छः
लेख लेख्दा सकभर विदेशी लेखक, यथाशक्य मरिसकेको, जिउँदो भए पनि सात समुद्रपारीको र काठमाण्डौं आई खण्डन गर्न नसक्ने लेखलाई प्रेमपूर्वक कैंची चलाई चारपाटे मुडेर गुदको प्रयोग गरी सादा कागजमा लहरै टाँसी लेख तयार गर्न कुनै खतरा हुदैन ।
गोतामेले “माड्साप्” शीर्षकको लेखमा एउटा उखान प्रयोग गर्नु भएको छ । “बुढी गाईले हाइ गरेजस्तो” । जाँगर मरेका शिक्षकलाई यसरी व्यग्ङ्ग्य उछितो काढ्नुहुन्छः
अफिसमा दर्शनसम्म दिने तर हाजिर किताबमा बाहुलीनिसान थोपर्ने बित्तिकै यो कोठा र ऊ कोठा, फलानो सर र चिलानो साहबकहाँ गई दाँत देखाउने र काममा ठग गर्ने नयाँ नयाँ सीपको शोध गरी ठगवारिधिको उपाधि दिनु पर्ने पनि माड्साप, आफूलाई जिम्मा दिएको काम पेन्सन नपाउन्जेल थन्काएर राख्ने पनि माड्साप, अह्राउनेले अह्राएका काम चिताउदै नचिताएको समयमा सम्पन्न गरी पेश गर्ने पनि माड्साप, भान्छे बाहुनजस्ता बिन्तीपत्रे अनुहार भएका पनि माड्साप, हिप्पीजस्तो हरिमुस्ले हुल्याहा पनि माड्साप । भनाइको तात्पर्यः हरि पनि माड्साप र हरिप पनि माड्साप् ।
यस्तै शुद्ध किन लेख्ने शीर्षकको लेखमा गोतामे त्यसमाथि चरम व्यग्ङ्ग्य प्रकट गर्नुहुन्छः
साहित्यको व्यवसाय शुद्ध नलेख्दैमा नचल्ने होइन, अशुद्ध लेख्दैमा पत्रपत्रिकामा नछापिइने पनि होइन, न त शुद्ध लेखेबापत पारिश्रमिक बढी पाइन्छ, न अशुद्ध लेखेर सम्पादकको कन्सिरी तताउँदैमा पारिश्रमिक बापतको रकम घट्न जाने हो ।
लेखक र बूटपालिस शीर्षकको लेखमा गोतामेका चरम व्यङ्ग्यका शब्दहरु यसरी उम्रन्छन्ः
जहाँसम्म मेरो सम्बन्ध छ व्यङ्ग्य लेखेर जुत्ता खाने सम्भावना कति प्रबल छ भनी शोध गर्दा म के निष्कर्षमा आइपुगे भने जुत्ता खाने डरबाट म एकदमै विमुक्त छु, किनभने नेपाली साहित्यको भविष्यको सुनौलो दिन आउँन अहिले धेरै टाढा छ । र कुन कुराले मलाई सन्तोष दिन्छ भने नेपाली साहित्यको भविष्य उज्ज्वल भएर एउटा चम्किलो जुत्ताको रुपधारण गरुन्जेलसम्ममा मैले यस लोकबाट विदा लिइसकेको हुनेछु ।
एकछिन ल भन्दाभन्दै अली बेर राखेर केही सुनाएँ, पढाए । अर्को सोमबार भेटौंला । जय सिस्नुपानी ।
नोटः श्याम गोतामेका (जन्मः १९९६–२०२५) मपाईँ, जदौ, कायेनवाचा, श्याम गोतामेका प्रतिनिधि हास्यव्यङ्ग्य प्रकाशित छन् ।
(लेखक सिस्नुपानी नेपाल मकवानपुरमा आबद्ध हुनुहुन्छ ।)