हेटौंडाः नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्षमा सन्देश तुम्सिङ मगर निर्विरोध निर्वाचित हुनु भएको छ । संघको शुक्रबार सम्पन्न १३ औँ जिल्ला अधिवेशनबाट सन्देश तुम्सिङ मगरको अध्यक्षतामा १६ सदस्यीय जिल्ला समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा उर्मिला राना मगर, सचिबमा महेन्द्र राना मगर, सहसचिवमा भूपेन्द्र राना र कोषाध्यक्षमा डेमिज थापा मगर मगर चयन भएका छन् । संघको विधान अनुसार २५ सदस्यीय समिति हुनेछ । बाँकी सदस्यहरु मनोनित गरिने नवनिर्वाचित अध्यक्ष तुम्सिङले जानकारी दिनुभयो । शुक्रबार राति अबेरसम्म पनि सहमति हुन नसकेपछि उपाध्यक्ष, सचिब र सहसचिव पदको निर्वाचन भएको थियो । ४५ जना मतदाता मध्ये ३३ मत खसेको थियो । उपाध्यक्षमा उर्मिला रानाको २१ मत प्राप्त गरी बिजयी भएको थियो भने प्रतिद्वन्द्वीहरु होमबहादुर थापाले ४ मत र आशिष अस्लामीले ८ मत प्राप्त गरे ।
सचिब पदको उम्मेदवारमा महेन्द्र राना मगरले १३ मत प्राप्त गरी बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी सन्तोष राना मगरले १२ मत र अर्का प्रतिद्वन्द्वी अशोक ग्यालन मगरले ५ मत प्राप्त गरेका थिए । त्यसैगरी सह–सचिवमा भुपेन्द्र रानामगरले १९ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी मनोज पुलामीले ११ मत प्राप्त गरेका थिए ।