हेटौंडाः मकवानपुर जिल्लाको पुरानो सदरमुकाम भीमफेदी गाउँपालिकामा गाइजात्रा पर्वको आयोजना गर्दा ४ हजार रुपैयाँ बचत भएको छ । स्थानीय ज्योति पुस्तकालयको आयोजनामा शुक्रबार निकालिएको गाइजात्रा पर्वमा विभिन्न व्यक्ति तथा संघ, संस्थाको सहयोग रहेको थियो ।
सहयोगवापत ९ हजार आम्दानी भएको जानकारी दिनुहुँदै गाइजात्रा आयोजना गर्दा ५ हजार रुपैयाँ खर्च भएको ज्योति पुस्तकालयका अध्यक्ष सुरेन्द्र राज थिकेले जानकारी दिनुभयो । बचत भएको रकम पुस्तकालयको कोषमा राखिने अध्यक्ष थिकेले बताउनुभएको छ ।