हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–२६, सिसुवास्थित नारायणी नदीमा हराएका पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा भरतपुर महानगरपालिका–४ त्रिचोकका ५२ वर्षीय बलराम तिमिल्सिना रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बुधबार बनभोज खान गएका तिमिल्सिना दिउँसो ४ बजेर २० मिनेटको समयमा हराएका थिए । तिमिल्सिना खोज तलास गर्दै जाँदा शुक्रबार दिउँसो ४ बजेर १० मिनेटको समयमा सिसुवा स्थित नारायणी नदिमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।