शनिबार बिहान विजय र्यालीमा सहभागी मेयर मीना लामा र उपमेयर राजेश बानियाँ ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको नवनिर्वाचित मेयर मीना कुमारी लामाले विपक्षी दललाई सम्मान एवम् सहकार्य गरेर हेटौंडालाई सुन्दर र विकसित सहर बनाउने बताउनुभएको छ । शनिबार बिहान विजय र्‍यालीलाई सम्बोधन गर्नुहुँदै मेयर लामाले निर्वाचनमा गरिएका प्रतिवद्धताहरु ५ बर्षभित्र पूरा गर्ने बताउनुभयो ।

हेटौंडाको वनविज्ञान क्याम्पस अगाडिबाट सुरु भएको विजय र्याली हेटौंडाको सीमाचोकमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्नुहुँदै मेयर लामाले भन्नुभयो, ‘निर्वाचनअघि गरिएका प्रतिवद्धताहरु ५ बर्षभित्र पूरा गर्ने प्रतिवद्धता गर्न चाहान्छु । विपक्षीको सम्मान एवम् विपक्षीसँग समन्वय गरेर हेटौंडा उपमहानगरको अपेक्षा पूरा गर्नेछौं ।’