विजय र्यालीमा सहभागी कांग्रेस नेता ईन्द्रबहादुर बानियाँ ।

हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले गठबन्धनले जितेको हेटौंडा उपमहानगरको विकासमा गठबन्धनबाटै बनेको बागमती प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ ।

गठबन्धनको विजय र्यालीमा सहभागीहरु ।

गठबन्धनका उम्मेदवार विजयी भएपछि शनिबार बिहान निकालिएको विजय र्यालीलाई सम्बोधन गर्नुहुँदै नेता बानियाँले भन्नुभयो, ‘गठबन्धनबाटै बनेको प्रदेश सरकारले बजेट निर्माणको काम सुरु गर्दैछ । अब प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकाको विकासमा सहयोग गर्नेछ ।’ मेयर, उपमेयरसहित निर्वाचित सवैलाई बधाई दिनुहुँदै स्थानीय सरकारमा पक्ष र विपक्ष नहुने उल्लेख गर्नुहुँदै बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता समेत रहनुभएका बानियाँले सुन्दर र विकसित हेटौंडा नगर बनाउने बताउनुभयो ।