धिमे बाजा बजाउँदै हेटौंडाका नेवार समुदाय फागु पूर्णिमामा नगर परिक्रमा गर्दै ।

हेटौंडाः फागु पूर्णिमा पर्व हेटौंडाका नेवार समुदायले झाँकीसहित नगरपरिक्रमा गरेर मनाएका छन् । नेवा देय् दवु र नेवा साँस्कृतिक पुचःको संयुक्त आयोजनामा संगमचोकबाट सुरु भएको झाँकीसहितको समूहले हेटौंडा बजार क्षेत्र परिक्रमा गरेको थियो ।

फागु पूर्णिमामा रमाउँदै हेटौंडाका नेवार समुदाय ।

नेवारी समुदायले फागु पूर्णिमा पर्वलाई विशेष एवम् मौलिक रुपमा मनाउने गरेको छ । काठमाडौं उपत्यकाका नेवार समुदायले विशेष सांस्कृतिक पर्वको रुपमा मनाउने फागु पूर्णिमालाई हेटौंडामा पनि विशेष प्राथमिकताका साथ मनाउने गरिन्छ । नेवारी समुदायले विशेष आस्थाका साथ मनाउने फागु पूर्णिमा हेटौंडाका नेवार समुदायले पनि विशेष महत्वका साथ मनाउने गरिएको नेवा देय् दबुका बागमती प्रदेश अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभएको छ ।