फागु पूर्णिमा अर्थात होली हिन्दु धर्मावलम्बीहरुको महान् पर्व हो । फागुन शुक्ल पूर्णिमा तिथीमा मनाइने यस फागु पर्वलाई रङ्गहरुको उत्सवका रुपमा लिने गरिन्छ । हिन्दु धर्मावलम्बीहरुका चाडपर्वहरु पौराणीक किम्बदन्तीमा आधारित भएर त्यसैको सेरोफेरो झल्काउने हिसाबले मनाउने गरिन्छ । होली पर्वको पनि आफ्नै बेग्लै पौराणीक इतिहास रहि आएको छ ।
ऐतिहासिक परम्पराः
प्राचीन समयमा अथवा त्रेता युगमा हिरण्य कश्यपु नामक राक्षसको जन्मभएको थियो । उक्तनाम गरेको राक्षस ज्यादै नास्तिकथियो । भगवानको ज्यादै निन्दा गर्ने त्यस राक्षसको एक पुत्र थियो , जसको नाम प्रह्लाद थियो । प्रह्लाद विष्णुका परम भक्त थिए । आफ्नो पुत्रको भगवानप्रतिको कठोर जपतप देखेर हिरण्य कश्यपु रिसले चुर भयो । उसले प्रह्लादलाई भगवान भक्ति त्याग्न अनेकन कोशिश गर्यो । तर प्रह्लाद कसै गरे पनि विष्णुको आराधनामा तल्लिन भएको देखेर अन्तत हिरण्य कश्यपुले आफ्नै छोरा प्रह्लादको हत्या गर्ने योजना बनायो । जसमा अग्निदेखि पनिभष्म नहुने वरदान पाएकी हिरण्य कश्यपुकी बहिनी होलिकाले प्रह्लादलाई आफ्नो काखमा राखी अग्निमा प्रवेश गरिन् । प्रह्लादको सत्यताको अगाडि असत्यमनो भाव भएकी होलिका अग्निमा जलेर नष्ट भइन् भने भक्त प्रह्लाद विष्णुको वरदान पाएर विजयी हुन सफल भए । यसरी असत्यमाथि सत्यको जीत भएको खुशीयालीमा एक आपसमा रङ्ग र अबिर छरेर होलिपर्व मनाउने धार्मिक परम्परा रहिआएको छ । यसै गरी द्वापर युगको किम्बदन्ती पनि फागु पर्वमा जोडिने गरेको छ आफ्नै मामाकंशको काल बनेर जन्मिएका भगवान श्री कृष्णलाई मार्नका लागि कंशले पुतना नामक एक राक्षसनीलाई विषयुक्त स्तनपान गराउन पठाएको र कंशको कुटिल चाल थाहा पाइसकेपछि कृष्णले उक्त राक्षनीको बध गरेको र त्यसै दिन राक्षसनीको शव जलाएर श्री कृष्णको जयगान गर्दै खुशीयाली मनाएको परम्पराले आजसम्म निरन्तरता पाइरहेको ऐतिहासिक किम्बदन्ती रहिआएको छ । त्यसैले होलीहिन्दुहरुको अत्यन्त प्राचीन पर्व हो ।
नेपालमा होलीः
माथि उल्लेख गरे अनुसारको पौराणीक मान्यताका आधारमा नेपालमा होली मनाउने गरिन्छ । नेपालमा विशेषतःभौगोलिकआधारका रुपमा दुई दिन होली पर्व मनाउने गरिएको छ । होलीको अघिल्लो साँझ वसन्तपुर दरबार अगाडि विशेष रुपले पूजा आजागरि सजाइएको मयल जातको लिङ्गो गाडिन्छ र जसमा होलिकाको झल्को दिने किसिमका चीर( वस्त्र) ले सजाइन्छ । यस कार्यमा नेपाली सेनाको विशेष सहभागिता हुने गरेको छ । यो काम बिहान सम्पन्न गरिन्छ भने अबेर राति उक्त लिङ्गोलाई टुँडिखेलमा प्र्याइ दहन गर्ने गरिन्छ यसरी चीर दहन गरेपछि विधिवत् रुपमा होलि पर्व सुरु भएको घोषणा गरिन्छ र भोलि बिहान अर्थात् फागु पूर्णिमाको दिन पहाडी र हिमाली क्षेत्रमा रङ्गको पर्व होलि खेलिन्छ भने तराई क्षेत्रमाफागु पूर्णिमाको भोलिपल्ट मात्रहोलि खेल्ने प्रचलन रहेको छ । यसरी पूर्व मेचि देखि पश्चिम महाकालीसम्म सौहार्द वातारणमा रमाएर एक आपसमा खुसी साटासाट गर्दै नाच्दै, गाउँदै र रमाउदै होलीपर्व मनाउने गरिन्छ ।
अन्य देशहरुमा होलीः
हिन्दु धर्मसँग सम्बन्धित नेपाली र भारतीय मूलका मानिसहरु बसोबास गर्दे आइरहेका अन्य देशहरुमा पनि होलीको रौनक देख्न सकिन्छ । छिमेकी देश भारत पनिहोलीको रङ्गमा समस्त रङ्गिने गरेको छ । हिन्दु, गैर हिन्दु जुनसुकै धर्म र सम्प्रदायका मानिसहरु होली पर्वमा उत्साह जनक रुपमा सहभागि हुने गरेको पाइन्छ । त्यस्तै गरि होली पर्व विभिन्न देशमा विभिन्न नामले खेल्ने गरिन्छ । इटालीमा बोलियाकोनोन्स,चीनमाच्वेज, अमेरिकामा होबोे नामका होली मनाइए जस्तै पाकिस्तान, बङ्गलादेश,श्रीलङ्का,इण्डोनेशिया थाइल्याण्ड,जापान, बेलायत, अमेरिका, मौरिसस, फिजी, दक्षिण अफ्रिका, सुरि नामा लगायतका अन्य देशहरुमा पनि आफ्नै तरिकालेआफ्नै संस्कार अनुसार भिन्न तिथीमा भिन्न देवदेवीको नाममा होलीपर्व मनाउने चलन रहेको छ ।
रङ्गीन पर्वमा मौलाउँदै गएको कुरुपताः
समग्रमा हेर्दा होली सबै धर्म सम्प्रदायको साझा पर्वको रुपमा विकसित हुँदै गएको छ । यसले धार्मिक सहिष्णुताको मूल भावलाई आफूभित्र समेट्न सफलभएको छ । यसरी हेर्दा होली सबैको साझा संस्कृति बन्न पुगेको होलीको सबल पक्ष अनेक छन् तर यस खालको साँस्कृतिक, धार्मिक, ऐतिहासिक महत्व बोकेको सुन्दर फागु पर्वमा वर्तमान समयमा विकृति, विसङ्गतिहरु देखा पर्न थालेका छन् । कसैको इच्छा विपरित रङ्ग दलिदिने, अण्डा फोर्ने, कालो, गाडीको मोबिलदल्ने, हिलो दल्ने, छालामा असर पर्ने किसिमका रङ्ग दल्ने, फोहोर पानी छ्याप्ने,युवाहरु जाँड,रक्सीको सेवनले मात्तिएर झैझगडा गर्ने, गाँजा र भाङको नसामा लट्ठिने, छोरी चेलीमाथिअभद्र व्यवहार गर्ने,सवारी साधनमा थिलोला हान्ने लगायतका विकृतिहरु मैलाउँदै जान थालेको छ । यस्ता छाडापनले गर्दा सौहार्द वातावरणलाई खलल पुर्याइरहेको छ ।