हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सामरी सुपारेटार व्यारेक छेउमा निर्माण सम्पन्न भएको समवेलको शुक्रबार उद्घाटन गरिएको छ । नेपाली सेनाले उपलब्ध गराएको जग्गामा समवेल निर्माण गरिएको थियो ।

समवेलको शुक्रबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गर्नुभएको हो । १ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण भएको समवेलबाट दैनिक बजार क्षेत्रमा २७ लाख लिटर पानी थप हुने भएको छ ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टको सभाअध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १ का वडाअध्यक्ष सविन न्यौपाने, सेनाको उपरथी अशोक राज सिग्देल, कर्णेल राज थापाको उपस्थिति रहेको थियो ।