हेटौंडाः बागमती प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा गढीदेखि गढीसम्म १ सय ३० किलोमिटर साइकल यात्रा हुने भएको छ । मकवानपुरको मकवानपुरगढीदेखि साइकल यात्रा सुरु भई हरिहरपुरगढी हुँदै सिन्धुलीगढीसम्म साइकल यात्रा हुने मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
मन्त्रालयका सचिव सिन्धु प्रसाद ढुंगानाले पर्यटकीय क्षेत्रको संरक्षण विकास र प्रचार गर्ने उद्देश्यले लिङ्कीङ फोर्टस, लिङ्कीङ हिस्ट्री भन्ने नाराका साथ यही फागुन २१ गतेदेखि २४ गतेसम्म साइकल यात्रा गरिने भएको हो । साइकल यात्रामा अन्तराष्ट्रिय साइकल यात्री पुष्कर शाहसहित १७० जना साइकल यात्री र ६० जना आयोजक/सहयोगी गरी कुल २ सय ३० जना सहभागि हुने सचिव ढुंगानाले बताउनुभयो ।