हेटौँडा : बेहोस अवस्थामा फेला परेका हेटौँडा–१७, हटियाका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय इन्द्र बहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शनिबार बिहान ११ बजेको समयमा राई आफ्नै खेतबाट र्फकने क्रममा चक्कर लागि लक्ष्मीपुरस्थित चौतारामा बेहोस अवस्थामा फेला परेका थिए । राईलाई उपचारका लागि हेटाँैडा अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो १२ बजेर ४५ मिनेटको समयमा डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।