विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा नृत्य गर्दै विद्यार्थी।

हेटौँडा : हेटौँडा–७ स्थित तासिर इंग्लिस सेकेण्डरी स्कुलको २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सुरु भएको छ । शनिबार र आईतबार दुई दिन सञ्चालन हुने वार्षिकोत्सव तथा अभिभावक दिवसको बागमती प्रदेशको वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले उद्घाटन गर्नुभएको छ ।

पहिलो दिन शनिबार २ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीको प्रस्तुती रहेछ भने दोस्रो दिन आइतबार पूर्वप्राथमिक तह र कक्षा १ का विद्यार्थीको प्रस्तुती रहेछ । दुई दिने वार्षिकोत्सवको अवसरमा विद्यालयले २ जना अभिभावकसहित अनुशासित, सरसफाई, नियमित उपस्थित हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिने विद्यालयका प्रिन्सिपल विनोद थपलियाले जानकारी दिनुभयो । यस्तै विद्यालयले एकजना विद्यार्थीलाई तासिर स्टार घोषणा गर्दै ३ महिना छात्रवृत्ति प्रदान गर्नेछ ।

कार्यक्रममा विद्यार्थीले गायन, नृत्य, नाट्य, उद्घोषण कला प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थीले विभिन्न विषयमा तयार पारेका शैक्षिक सामग्रीको स्टलमा प्रदर्शन समेत गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष मुठ्ठेवहादुर कार्कीको अध्यक्षतामा शनिबार भएको कार्यक्रममा विद्यालयका प्रमुख सल्लाहकार दिलबहादुर श्रेष्ठ, संस्थापक निर्देशक राजन थापाको पनि उपस्थिति रहेको थियो। १० कक्षासम्म पठनपाठन हुने तासिरमा एक हजार तीनसय विद्यार्थी अधययनरत छन् ।