हेटौँडा : दोस्रो राष्ट्रिय नवसर्जक उत्सव–२०८१ मा आयोजित राष्ट्रव्यापी खुला गजल प्रतियोगितामा मकवानपुर, कास्की र झापाका गजलकार उत्कृष्ट ३ गजलकारको रुपमा पुरस्कृत भएका छन् ।
शनिबार हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा सम्पन्न नवसर्जक साहित्य उत्सवमा प्रस्तुत गरिएका सात गजलमध्ये उत्कृष्ट तीन गजल छानिएको हो। प्रतियोगितामा मकवानपुरकी अनसूया खनाल, कास्कीका निकेश गिरी र झापाका विनोद थापा उत्कृष्ट तीनमा पर्नु भएको हो । उत्कृष्ट तीनमा पर्न सफल गजलकारलाई जनही सात हजार रुपैयाँसहित प्रमाणपत्र र पुस्तक प्रदान गरिएको छ । प्रतियोगितामा सहभागिताका लागि ३९ वटा गजल प्राप्त भएको थियो ।