हेटौँडाः नेकपा एमाले हेटौँडा उपमहानगरपालिकाको अधिवेशनअन्तर्गत निर्वाचनको कार्यक्रम सुरु भएको छ । शनिबार भएको निर्वाचन प्रक्रियामा चार जनाले अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । दोश्रो अधिवेशनमा सहमति हुन नसकेपछि चार जना अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीमा उम्मेद्वारी परेको हो । एकजना अध्यक्षको लागि इन्द्र नेपाल, जनरल श्रेष्ठ “जेन”, बोलबहादुर कार्की र नवराज खतिवडाको उम्मेद्वारी परेको हो । उपाध्यक्षमा इन्द्रप्रसाद खतिवडा, धनवहादुर मुक्तान र राजकुमार बास्तोलाको उम्मेद्वारी परेको छ ।
सचिवमा प्रकाश बाँनीया, सविन मुक्तान र शान्ता गौतम “प्रदिप”को उम्मेद्वारी परेको छ । उपसचिव खुल्लातर्फ अर्जुनप्रसाद अर्याल, कवि रेग्मी, भीम तिमल्सिना, सुरेश मिजार ‘बेरोजगार’, शान्तेकुमार लामा तामाङ र शिवबहादुर थापाको उम्मेद्वारी पर्दा उपसचिव महिलामा चन्द्रावती पनेरु अधिकारी, जुना दंगाल र रञ्जिता सिलवालको उम्मेद्वारी परेको छ । उम्मेद्वारी फिर्ताको समय आइतबार दिउँस ३ बजेसम्म राखिएको जनाईएको छ ।