हेटौँडा : वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको आयोजनमा बुधबारदेखि मकवानपुरगढी गाउँपालिका–६ मा ३ दिने जडीबुटी खेती सम्बन्धी तालिम सुरु भएको छ । तालिममा २० जना जडीबुटी खेती कृषकहरुको सहभागिता रहेको छ ।
हावापानी र वातावरणमा सुहाउदो जडीबुटी खेतीको विषयमा तालिम दिइएको वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरका सुचना अधिकारी युगल अर्यालले जानकारी दिनुभयो । कार्यक्रमको उदघाटन मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख अतिथ्य रहेको थियो। यस्तै मकवानपुरगढी गाउँपालिका ६ नम्बर वडा अध्यक्ष कृष्ण प्रसाद बजगाँईको विशिष्ट आतिथ्य एवम् वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख हेम राज पौडेलको सभाध्यक्षता रहको थियो ।
तालिमको उद्घाटन क्रममा पालिका अध्यक्ष लामाले जडीबुटी खेतीतर्फ ध्यान दिई अग्रसर हुन सके कृषकहरुको आय आर्जनमा थप टेवा पुग्न सक्ने बताउनुभएको छ । मकवानपुरगढी गाउँपालिकाको हावापानीमा कुरीलो र सर्पगन्धाको सम्भावना धेरै रहेको छ ।