हेटौँडाः हेटौँडा–सिन्धुली मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५, तीनतलेमा आइतबार बिहान ट्रक दुर्घटना भएको छ । आइतबार बिहान ७ बजेको समयमा हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको सिमेन्ट लोड भएको ना ५ ख ४६५६ नम्बरको ट्रक सडकको बायाँ पट्टी पल्टिएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी ट्रक चालक हेटौँडा उपमहानगरपालिका–१४, मयुरधापका ४० वर्षीय रवि थापा मगर र उनका छोरा १३ वर्षीय रिहान थापा मगर घाइते भएका छन् । रविको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको र मध्यम अवस्था रहेको प्रहरीले जानकारी दिएको छ भने रिहानको अनुहार र खुट्टामा चोट लागेर सामान्य अवस्था रहेको प्रहरीले उल्लेख गरेको छ । रवि र रिहानको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।