किन चाहियो र हामीलाई ठुलो घर
बसौँला नि सँगै गाउँमा, किन जाने र सहर ।

तिमी र म भएपछि बनाउँला नि एक दिन ठूलो घर
तिमी सूर्य र म किरण बनी बनाउँला सारा सहर

जीन्दगीमा मलाई धेरै कुरा गर्नु छ
तिमी चुलोमा बसी खाना पकाउँदा
मलाई छेउमा बसी हेर्ने ठुलो रहर छ ।

तिमी हाँस्दा सारा संसार जिते झैं हुन्छ
तिमी दुखी हुँदा सारै दुख लाग्छ मरम झैं हुन्छ

तिमी र म जिउने आधार हौँ हामी
जीउने आधार मात्र हैन एकअर्काको साथी पनि हौँ हामी

तिमी भएपछि के चाहियो र अरु
तिमी मलाई छोडी जानुभन्दा अगाडि
मै मरी दिन्छु नि बरु ।

कक्षा–९, बालजागृृृति इंग्लिस सेकेण्डरी स्कूल, हेटौँडा–२