नेपाल हाम्रो देश
आफ्नै भाषा भेष
हिमाल पहाड तराई
कोही छैन पराई

प्राकृतिक सौन्दर्यमा धनी छ
यहाँ धेरै जात धर्म छन्
नेपालमा छ हरियाली
यहाँ उड्छन् धेरै चराचुरुङ्गी

नेपाललाई सुन्दर बनाउने हाम्रो काम
बन्नु छ नेपालको पहिचान
हामी नेपाली बस्छौँ मिलीजुली
आ–आफ्नो काम गरी ।।

हामी बस्छौं नेपालमा
हाम्रो साझा समाजमा
नेपाल हाम्रो देश हो
आफ्नै भाषा भेष हो ।।

दिव्यलक्ष्मी भट्ट
कक्षा–६, नवोदय शिशु सदन, हेटौँडा–४

सम्मान गर्न सिक छोरीको

म छोरी हुँ भनेर नहेप
किनकि रचेको छु इतिहास
मार्ने हो भने मार तर
जिउँदै मन पोल्ने गरी नमार

अहिलेको समाजमा छैन इज्जत
छोरीको छोरीले गर्दा नै
चलेको छ बुझ्ने गर
न साथी हो ।।

छोरीहरूको इज्जत नगर्ने
दानवहरूको नाश गर्न
जन्मेका नारीहरू हौ
छोरी नै देवीका स्वरूप हुन्

समान कै कारणले मर्ने गर्छन्
हजारौं छोरी
हामीलाई पनि अधिकार छ
स्वतन्त्रपूर्वक बाँच्ने

कक्षा–७, बालज्योति मावि, हेटौँडा–५