लागूऔषध गाँजासहित पक्राउ परेका रबिन र बलराम ।

हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ ६ बजेर ३० मिनेटको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका–५, बोटबारीबाट मनहरीतर्फ जाँदै गरेको बा प्र ०३–००५ प ९९२२ नम्बरको मोटरसाइकललाई रोकेर सुरक्षाजाँच गर्दा लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीले मनहरी गाउँपालिका–७ का २४ वर्षीय रबिन तामाङ र २४ वर्षीय बलराम थिङलाई पक्राउ गरेको छ । प्रहरीले उनिहरुको साथबाट ३ किलो २०० ग्राम लागूऔषध गाँजा बरामद गरेको जनाएको छ । लागूऔषध गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।