सांकेतिक तस्वीर ।

हेटौँडा : काठमाडौंको कमलपोखरीमा रहेको शान्दार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका मकवानपुरको मनहरी गाउँपालिका–५ का रविन राईको मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा राईसँगै उदयपुर जिल्लाको कटारी नगरपालिका–८ का २५ वर्षीय भीमबहादुर घले मगरको सोमबार राती मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएको बिहीबार बिहान मःम पसलको ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका थिए । तीमध्ये ११ जना घाइतेको उपचार भइरहेकोमा दुई जनाको ज्यान गएको हो । घाइते नौ जनाको कीर्तिपुरमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।