हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारमा मंगलबार न्यायाधीशहरुले अनुगमन गरेका छन् ।

उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीश चण्डीराज ढकालको नेतृत्वमा मकवानपुर जिल्ला अदालतका न्यायाधीश कमलराज बिष्टसहित टोलीले कारागारको भौतिक, प्रशासनिक तथा न्यायिक गतिविधिका विषयमा अनुगमन गरिएको भीमफेदी कारागार कार्यालयले जनाएको छ । कारागारमा न्यायपालिकाबाट बेलाबखतमा अनुगमन गरी कैदीबन्दीको व्यवस्थापन उचित ढंगले भए नभएको हेर्ने गरिएको छ । भीमफेदी कारागारमा अहिले ९५० भन्दा बढी कैदीबन्दी रहेका छन् ।