हेटौडाः अमेरिकी फौजीकिराबाट पीडित किसानहरुका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा औषधी छिट्ने उपकरण वितरण गर्ने भएको छ । वडाले १ लाख रुपैयाँ बजेटबाट उपकरण वितरण गर्न लागेको वडा अध्यक्ष ललित घलानले जानकारी दिनुभएको छ ।
१६ लिटर क्षमताको उपकरण १७ वटा कृषक समुहलाई वितरण गर्न लागिएको अध्यक्ष घलानले बताउनुभएको छ । वडा कार्यालयले वडामा रहेका कृषक समूहलाई उपकरण लिनका लागि सम्पर्क गर्न आव्हान गरेको छ । अमेरिकी फौजी किराको प्रकोपका कारण मकैबालीको उत्पादन घट्ने अवस्थाप्रति पनि वडाले चिन्ता व्यक्त गरेको छ ।