हेटौंडाः नेवाः देय् दबुको पहिलो बागमती प्रदेश अधिवेशन फागुन २८ गते हेटौंडामा हुने भएको छ । प्रदेश अधिवेशन आयोजक समितिका संयोजक बिष्णुगोपाल महर्जनले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनबारे जानकारी गराउनुभएको छ ।
प्रदेश अधिवेशनमा काठमाडौं उपत्यकाका ३ जिल्लाबाहेक अन्य १० जिल्लाका प्रतिनिधिको सहभागिता रहने संयोजक महर्जनले जानकारी दिनुभयो । अधिवेशनमा मकवानपुरसहित प्रदेशका १० जिल्लाबाट १ सय ८८ जना प्रतिनिधि सहभागी हुनेछन् । नेवाः देय दबुको महाधिवेशन आउँदो चैत १४ र १५ गते धरानमा हुँदैछ ।