हेटौंडाः उच्च शिक्षा कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा हेटौंडामा आयोजित एक बहसमा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले आइतबार रोचक प्रस्तुती राख्नुभएको छ । पब्लिक क्याम्पस प्राध्यापक संघ हेटौंडा क्याम्पस इकाई समितिले आयोजना गरेको ‘विश्व शिक्षा परिवेश र नेपालको वर्तमान उच्च शिक्षा नीति’ विषयक् अन्तरक्रियामा प्रमुख वक्ताको रुपमा सहभागी हुनुभएका प्रा.डा. कोइरालाले आजको समयमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले आफ्ना लागि आवश्यक ज्ञान आफैं खोज्न सक्ने र तर्क गर्न सक्ने क्षमता हुनुपर्नेमा जोड दिनुभयो ।
विद्यार्थीलाई खोजेर ज्ञान आर्जन गर्ने क्रममा प्राध्यापकले सहजीकरण मात्रै गर्नुपर्ने धारणा राख्नुभयो । नेपालमा विश्वविद्यालय तहमा समेत क्रेडिट आवर (पाठ्यभार) का आधारमा पठनपाठन भइरहनु उपयुक्त नभएको उल्लेख गर्नुहु“दै क्रेडिट आवरमा नभई अडिट आवर (आत्ममूल्यांकन) का आधारमा हुनुपर्ने प्रा.डा. कोइरालाको भनाइ थियो । गुणस्तरीय पठनपाठनका लागि प्राध्यापकलाई नै जिम्मेवार बनाउनुपर्नेमा पनि प्रा.डा. कोइरालाको जोड थियो ।
‘हामी अझै पनि विश्वविद्यालयले नै परीक्षा लिने र कापी जाँच्ने चरणमा छौं । तर, विकसित भनिएका मुलुकमा प्राध्यापक नै जिम्मेवार भएर विद्यार्थीलाई पढाउने, परीक्षा दिने, सीप र क्षमता विकास गराउन जिम्मेवार हुने व्यवस्था छ’, शिक्षाविद् कोइरालाले भन्नुभयो, ‘हामी अझै पनि विश्वविद्यालयमा रहेका सीमित व्यक्ति मात्रै जिम्मेवार र क्षमतावान छौं भने जस्तो गरिराखेका छौं । काठमाडौंबाहिरका शैक्षिक संस्थाले आफैं परीक्षा लिने र विद्यार्थीलाई जा“च्न नसक्ने भन्ने मनस्थितिमा छौं ।’
कोर्समा आधारित नभई डिसकोर्समा आधारित भएर उच्च शिक्ष्ाँको अभ्यास हुनु जरुरी रहेको उहा“को भनाइ थियो । उच्च शिक्षाको पठनपाठनका क्रममा देशको माटो र दर्शन दुबै समेटिनुपर्नेमा पनि कोइरालाको जोड छ । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीमा अनुसन्धानको अभ्यास अनिवार्य रहेको उल्लेख गर्नुहु“दै प्रा.डा. कोइरालाले भन्नुभयो, ‘विद्यार्थीलाई रोजगारीको अवसर दिलाउन सामाजिक सेवाको अभ्यास अनिवार्य गराउनुपर्छ ।’ नेपाली समाजकै पर्याप्त अध्ययन र अनुसन्धान गरेर नया“ तथ्य स्थापित गर्नुपर्नेमा पनि कोइरालाले जोड दिनुभएको छ ।
आजका विद्यार्थीलाई विश्लेषण, तर्क गर्न सक्ने बनाउनुपर्ने कोइरालाको भनाइ थियो । उच्च शिक्षामा पनि नेपाली समाजमा विद्यार्थीको उपस्थितिलाई बढी ध्यान दिइरहने तर, विद्यार्थीको सिकाई कस्तो भयो भन्नेमा वास्ता नगरिने प्रवृत्तिप्रति कोइरालाले दुख व्यक्त गर्नुभएको छ । विश्वविद्यालय तहमा थोरै मान्छे बस्ने तर धेरै छलफल गर्ने गर्नुपर्ने उहाँको सुझाव छ । उच्च शिक्ष्ाँको नीति निर्माण गर्ने समितिमा समेत रहनुभएका कोइरालाले उच्च शिक्षा नीतिमा अनुसन्धानलाई अनिवार्य गर्ने, सामुदायिक सेवा, विद्यार्थीलाई शिक्षकले सहजीकरण गर्नुपर्ने लगायतका सुझाव दिएको बताउनुभएको छ ।
अन्तरक्रियामूलक बहसमा मकवानपुर जिल्लाका विभिन्न क्याम्पसका प्रमुख तथा प्राध्यापकहरुको सहभागिता रहेको थियो । पब्लिक क्याम्पस प्राध्यापक संघ हेटौंडा क्याम्पस इकाई समितिका अध्यक्ष भुपेन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिकी सदस्य एवम् बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बागमती प्रदेश सरकारको नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेत, क्याम्पस सञ्चालक समितिका सदस्यहरु प्रदीप कोइराला, आनन्दराम पराजुली, क्याम्पस प्रमुख देवचन्द्र मानन्धर, कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत वन विज्ञान संकायका डीन डा. बलराम भट्ट, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकरप्रसाद उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।