मानिसले सहि बिचार सोच्नुपर्छ
शरीरलाई हिँडाउने जिम्मेवारी हुन्छ
संसारिक व्यवहारमा बस्दा मानिसमा
प्रत्येक क्षण स्वार्थको बसमा परेको हुन्छ ।।
यो कुरा मानवमा ध्रुव सत्य छ
स्वार्थी मानिस पतन भएरै छाड्छ
मानव शरीरको महिमा महान हुँदा
महापराक्रमी नीतिज्ञा महापुरुष हुन्छ ।।
महान् धर्मज्ञा सहयोगीका स्वरुपमा
आफ्नो कर्तव्य र अवस्थाको रुपमा
जस्को कृति छ त्यो नै बाँचेको हुन्छ
शास्त्र नीतिको वाक्यमा यो नै छ संसारमा ।।
वियोगमा कयौँ व्यक्ति रोएको हुन्छ
विपरीतमा कयौँ गुणा खुशी छाएको हुन्छ
स्वार्थीले षड्यन्त्र पूर्ण कुकृत्य गर्ने हुँदा
उसको चेहेरामा भने उज्यालो झल्केको हुन्छ ।।
अंग अंगमा शिष्टता र सौजन्या झल्किनुपर्छ
त्यो रुप शारीरिक अवस्थाले स्पष्ट पार्छ
जीवनमा निराश र शुन्यता मात्र हुँदैन
आफ्नो मुल्यको अस्तित्व आफैँले बचाउँपर्छ ।।