बद्रि नेपाली

समाज धेरै अगाडि बढिसकेको छ । त्यस्तै हामीहरुले बुद्धि, विवेक र मस्तिष्कको प्रयोग गरेर धेरै विकास र समृद्धि समेत प्राप्त गरेका छौं । हामीले कयौं क्षेत्रमा राम्रो प्रगति समेत गरेको विकसित देशहरुको आविष्कारहरुबाट अनुमान गर्न सक्छौं । ज्ञान, विज्ञान, प्रविधिमा मानव जातिको राम्रो प्रगति समेत हुँदै आएको छ । यस सम्बन्धमा हाम्रो देश नेपालले त्यति राम्रो प्रगति गर्न नसक्नुका पछाडी अनेकौं कारण होलान् । तर जे होस् समग्रमा मानव जातिले बुद्धि, विवेक र मस्तिष्कको प्रयोग गरी प्रविधिमा गरेको विकासलाई उच्च मूल्याङ्कन अवश्य पनि गर्नु पर्दछ ।

विज्ञानले धेरै ठूला ठूला उपलब्धीहरु गर्दै आएको भए तापनि सायद हालसम्म केही विषयमा विज्ञान सफल भएको छैन । विज्ञानले मानिस जस्ता रोबोट धेरै बनाएको छ । सफल परीक्षण समेत गरेको छ । विज्ञानले मानिसहरुको बारेमा धेरै कुराहरु पत्ता लगाएको छ तर मानिसको भावना, समवेदना, मनोवैज्ञानिक कुराहरुमा खासै सफलता प्राप्त गर्न सकेको भने छैन ।

मानव विकासको क्रमसँगै विश्वका ६ महादेशमा (अन्टार्टिका बाहेक) आ–आफ्नै सभ्यता, पहिचान, विकासक्रमको ईतिहास रहेको छ । त्यस्तै संस्कृति, धर्म, प्रथा, जातीय व्यवस्थामा विविधता रहेको छ । त्यस्ता प्रथा, संस्कृति, व्यवस्था, धर्मले मानवीय जनजीवनमा भावनात्मक सम्बन्ध स्थापित गरेको छ र हामी मिलेर बसेका छौं । राम्रा संस्कारले समाजलाई र स्वयम् व्यक्तिलाई पनि फाईदा पु¥याएको छ । तर खराब संस्कार, कुप्रथा र धर्म भित्र रहेका मनगढन्ते भावनात्मक विषयवस्तुहरुले समाजमा हालसम्म पनि एसियाली समाज विशेषतः नेपाली पीडित महिला, दलित, पछाडि पारिएका समुदाय, निर्धन, गरिब व्यक्तिहरु मनोवैज्ञानिक डरमा आफ्नो जिवनसँग आफैं डराएर एक प्रकारको मानसिक रोगी समेत भइरहेका छन् । हुन पनि शक्ति सन्तुलनको नियमानुसार धनीले गरिबलाई, उच्च जातले तल्लो जात भनिएकाहरुलाई, पुरुषले महिलालाई, ज्येष्ठ सदस्यले कनिष्ठ सदस्यलाई, बलवानले कमजोर मानिएकालाई मानव विकास क्रमसँगै पछाडी पार्दै आएको वास्तविकता छ ।

विभेद सामान्यतया विभेद गर्नेले थाहा पाउँदैनन्, भोग्नेले महसुस गर्दछन् । तसर्थ विभेदलाई एक मनोवैज्ञानिक विश्लेषण पनि मान्न सकिन्छ । विभेद गर्नेले अधिकारको रुपमा पनि विभेदको प्रयोग गरिरहेका हुन्छन् । भनिन्छ हामी घाउ, चोटपटकको दाग सजिलै भुल्न सक्छौं तर हामीलाई कोही कसैबाट भएको अपमान र दूव्र्यवहार भुल्न वर्षौ लाग्न सक्छ । या भनौं चोटिलो हुन्छ । तसर्थ हामीले गर्ने प्रत्येक कार्यको व्यवहार समान र सरल हुन जरुरी छ ।

हामी सामाजिक प्राणी हौं । हामीले म मात्र नसोँचेर परिवार, समाजको बारेमा सोँच्नु पर्दछ । जसको असर पूर्णरुपमा राष्ट्रलाई समेत पुग्न सक्दछ । हामी धेरै कुराले पीडित हुन पुग्दछौं । त्यस्तै आफ्नो परिवार भित्रका सदस्यबाट, समाजका छरछिमेकहरुबाट हुने पीडाले हामीलाई धेरै पीडा दिने गर्दछ भने स्वयम् आफ्नो कारण वा अन्य कारणबाट हुने पीडाले खासै अर्थ भने राख्दैन । हाम्रो घरभित्र श्रीमान्बाट श्रीमती, आमाबुबाबाट छोराछोरी, दाजुभाईबाट दिदीबहिनी वा भनौं यस्को विपरित श्रीमतिबाट श्रीमान्, छोराछोरीबाट आमाबुबा, दिदीबहिनीबाट दाजुभाई पीडित भएर मनोवैज्ञानिक समस्यामा रहेको हुन सक्दछ । जसको निष्कर्ष नकारात्मक निर्णय वा पीडितको अन्त्य (आत्महत्या) पनि हुन सक्छ । यस्ता नतिजालाई हाम्रो प्रशासनले सामान्य रुपमा लिने गरेको र सो घटनालाई प्राथमिकता नदिने समेत गरेको वर्तमान अवस्था छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले तथ्यांक संकलन गरेर जागिर खाने मेलो गरेको पाईन्छ ।

भावनात्मक सम्बन्धले खडा गरेको एक महत्वपूर्ण विषय भनेको कसैले केही भन्लानकी भन्ने स्वयम् मनोवैज्ञानिक विश्लेषणले पनि हो भने हामी पनि प्रायः व्यक्तिको राम्रा÷नराम्रा कुराहरु स्वयम् व्यक्तिलाई नभनी अन्यहरुसँग कुरा गर्न मन पराउँछौं । सोँच्दैनौं कि भोलि मेरो पनि कसैले यस्तै कुरा गरिरहेको हुन सक्छ । कसैले केही भन्लान्की भन्ने डर सामान्य स्तरमा, राम्रा विषयहरुमा हुनु ठिक हो जसले स्वयम् व्यक्तिको, समाजको वा राष्ट्रको भलाई गर्छ । तर व्यक्तिभित्र भएको कला, प्रतिभा, जोश, जाँगर र समाजलाई दिन सक्ने योगदानलाई मनोवैज्ञानिक रोगकै कारणले व्यक्तिले अवसर पाउन नसकेको पनि हुन सक्दछ । जसमा अधिकतम् परिवारका अभिभावकहरु जिम्मेवार रहेका हुन्छन् । परिवार भित्रको ईज्जत, मान, प्रतिष्ठाले गर्दा परिवारका अभिभावकहरुले अन्य सदस्य भित्र भएको प्रतिभा (शारीरिक, मानसिक) लाई महत्व दिँदैन र अभिभावकलाई समेत डर हुन्छ । भोलि यहि समाजमा बस्नु छ । कसैले केही भन्लान् । समाजमा कसरी मुख देखाएर हिँड्नु ? जस्ता मनोदशाले हामीलाई, हाम्रो समाजलाई पछाडी धकेलिरहेको छ ।

त्यस्तै भावनात्मक सम्बन्धले खडा गरेको अर्को विषय वर्ग विभाजन हो । हाम्रो जन्म सँगसँगै समाजले वर्गमा विभाजन गरिदिएको छ । पुँजीपति वर्ग, गरिब वर्ग, पीडित वर्ग, पीडक वर्ग लगायत थुप्रै वर्ग समाजमा पाईन्छ । समाजमा एक–अर्काबाट पूरै विपरित स्वार्थ भएका, परस्पर विरोधी, वैरभावयुक्त वर्गहरु रहेका हुन्छन् । तसर्थ वर्ग भिन्नताले समाजमा सामन्जस्यता, आत्मियतालाई लिलाम गरिदिन्छ ।
भावनात्मक सम्बन्धले सृजना गरेको अर्को महत्वपूर्ण विषय जातीय र धार्मिक डर हो । नेपाल सरकारले जातीय छुवाछुतलाई विभिन्न कानून बनाएर दण्डनीय बनाएको भए तापनि कानून कार्यान्वयनको पक्षमा भने खासै चासो नलिएको र कागजमा मात्र सिमित गरेको पाइन्छ । छुवाछुत जस्ता गम्भीर प्रकारका विषयमा न्यायिक निकाय मौन रहेको विगतका घट्नाहरुबाट छर्लङ्ग भएको छ । यस्ता घटनालाई समाजका बुद्धिजिवीहरु समेतले चासो नदिएको कारण हालसम्म पनि नेपाल छुवाछुतमुक्त राष्ट्र बन्न सकेको छैन । यस फरक जात, फरक घर्म, फरक सम्प्रदाय जस्ता कारणले कति युगल प्रेमीहरु छुटिन परेका छन् । प्रेमका फुलहरु फक्रन नपाई ओइलाएका छन् । मनहरु टुक्रिएका छन् । सायद हाम्रो समाजले त भौतिक क्षतिमात्र देख्दछ । मनोवैज्ञानिक क्षतिलाई क्षतिको रुपमा समेत मान्दैन । धर्मको नाममा वा भनौं जातिको नाममा मानव भित्रको भावनात्मक सम्बन्धलाई कमजोर बनाइन्छ । बाहिर सँगै घुमेर खाएर हिम्डेका साथीले समेत घरमा आमाबुबाले गाली गर्छन् भनेर छुवाछुतलाई प्राथमिकता दिन्छन् र जाति व्यवस्थालाई साथ दिन्छन् ।

हामी आफैंमा कमजोर छौं । जति अरुलाई शक्तिवान, बलवान र उच्च सामथ्र्यको देखाउन खोजे तापनि हामी भित्र रहेको कसैले केही भन्लान्की भन्ने डर, पिठ्युँ पछाडी कुरा काट्ने डर र सामाजिक सम्बन्धको डरले गर्दा आजको युवा समेत मनोवैज्ञानिक रोगको सिकार भएका छन् । परिवारलाई भन्न सक्दैनन् की बुबा/ममी हजुरले गर्नु भएको वा भन्नू भएको कुरा गलत हो । अन्ततः अबको दिनहरुमा हामी यस्ता कुरीति, कुप्रथा, धर्मग्रन्थ भित्र भएका गलत विषयहरुको बारेमा खुलेर छलफल गर्नु पर्दछ । गलतलाई गलत र सहीलाई सही भन्न सक्ने युवाशक्तिको आवश्यकता आजको समाजलाई छ । यस्ता युवाबाट समाजमा भएका मनोवैज्ञानिक रोगहरुको उपचार गर्नु नितान्त आवश्यक छ । नेपालीको सरदर आयु ७० वर्ष रहेको अनुसन्धानले देखाउँछ तसर्थ हामी केही समयका लागि यस पृथ्वीका जन्म लिएका हौं । मेरो कारण अरु कोही कसैलाई सकभर दुःखी बनाउनु हुन्न र केही मानिसको नियत अरुलाई दुःखी देखेर खुसी हुने हुन्छ तसर्थ याद गरौं दुःखी बनाएर बाँच्नु भनेको जीवनलाई असफल बनाउनु हो ।