प्रभातफेरीमा सहभागी बैंकरहरु ।

हेटौँडा : ग्लोबल मनी विकको अवसरमा हेटौँडामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले संयुक्तरुपमा प्रभातफेरीको आयोजना गरेको छ । विश्वव्यापीरुपमै युवा पुस्तामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै उनीहरुलाई आगामी जीवनमा आर्थिक रुपमा सक्षम र सवल बनाउने उद्देश्यले ग्लोबल मनी विक मनाउने गरिएको छ ।

प्रभातफेरीमा सहभागी बैंकरहरु ।

सन् २०१२ देखि ग्लोबल मनी विक मनाउन सुरु गरिएको हो । १७ मार्चदेखि २३ मार्चसम्म एक साताको अवधिलाई ग्लोबल मनी विकको रुपमा मनाउने गरिएको छ । हेटौँडामा पहिलो पटक ग्लोबल मनी विकको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । बैंकर एसोसिएसन मकवानपुरको समन्वयमा प्रभातफेरी कार्यक्रम भएको कृषि विकास बैंक हेटौँडा शाखाका प्रबन्धक तीर्थराज पौडेलले जानकारी दिनुभयो । वित्तीय साक्षरता अभिवृद्धिका लागि प्रभातफेरी गरिएको उहाँको भनाइ छ ।

प्रभातफेरीमा सहभागी बैंकरहरु ।

प्रभातफेरीमा हेटौँडामा मुख्य कार्यालय तथा शाखा कार्यालय भएका अधिकांश बैंक तथा वित्तीय संस्थाका प्रबन्धक तथा कर्मचारी सहभागी थिए । बैंक तथा वित्तीय संस्थाले आआफ्नो व्यानर तथा वित्तीय साक्षरताका लागि सचेतनामूलक सन्देशसहितको प्लेकार्ड लिएर प्रभातफेरी गरिएको थियो । हेटौँडा–४, हुप्रचौरबाट सुरु भएको प्रभातफेरी शितलमहलचोक, पारिजातपथ, कान्तिराजपथ, बुद्धचोक, मेनरोड हुँदै पुनः हुप्रचौरमा पुगेर समापन गरिएको थियो ।

प्रभातफेरीमा सहभागी बैंकरहरु ।