हेटौँडा : राष्ट्रिय समाचार समिति (रासस) को ६४औं वार्षिकोत्सवको अवसरमा मंगलबार हेटौँडामा ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयक् अन्तरक्रिया भएको छ ।

राससको हेटौँडास्थित कार्यालयको आयोजनामा अन्तरक्रिया भएको हो । राससको हेटौँडास्थित कार्यालयका प्रमुख राजु बिश्वकर्माको अध्यक्षता तथा प्रदेशको आन्तरिक ममिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यमा अन्तरक्रिया भएको हो । अन्तरक्रियामा सहभागीले समग्रमा सञ्चार माध्यमप्रति जनविश्वास खस्कँदो अवस्थामा रहेको र सञ्चार माध्यमको साख बढाउन सञ्चारकर्मी जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरुको पनि आतिथ्य रहेको थियो ।