एउटा गाउँमा रामप्रसाद नाम गरेको गरिब परिवारमा हुर्केको व्यक्ति थियो । ऊ दिन रात परिश्रम गरी आफ्नो जिविकोपार्जन गथ्र्याे । उसको परिवारमा बा आमा र तीन छोरीहरु थिए । ति तीन छोरीहरु मध्ये जेठी छोरी भने पढाइमा धेरै नै सिपालु थिइन् । उनको जेठी छोरीको नाम रन्जु, माहिली छोरीको नाम गीता र कान्छी छोरीको नाम सङ्गीता थियो । तीन बहिनीहरुमा ३ वर्षको फरक थियो । यही तीन छोरी र बा, आमाको फाटेको लुगा टाल्नका लागि रामप्रसाद दिनहुँ मिहिनेत गथ्र्यो । उनको सम्पत्तिको नाममा त्यही एउटा जिउनीको खेत थियो । त्यही सानो टुक्रा जग्गामा उसको आफ्नो जीविकोपार्जन सीमित हुन्थ्यो । समय बित्दै गयो । उसको छोरीहरुको पनि समय अनुसार मागमा पनि वृद्धि हुँदै गयो । रामप्रसादले गरेको कृषिबाट छोरीहरुको माग पूरा गर्न कठिन भयो । यही कारणले गर्दा रामप्रसादले विदेशिन बाध्य हुनु पर्यो । एकदिन सबै परिवार बसेर छलफल गरे । सबैको आँखामा आँसुको थोपाले गह भरियो । यस्तो देखेर रामप्रसादले सबैलाई सम्झायो ।
रामप्रसादको मनमा कुरा खेल्न थाले र छोरीहरुको भविष्यको चिन्ता लिंँदै विदेशिने कुरा पक्का गर्यो । केही महिनासम्म ऊ पैसा संकलन गर्नतिर लाग्यो । केही समयमै उसले पैसा जम्मा गर्यो । तर उसलाई पैसा दिने व्यक्तिहरुले छिटै फिर्ता दिनु पर्छ भन्ने सर्त राखे । रामप्रसादले भद्रस्वरमा हुन्छ भन्यो । त्याहाँबाट घरतर्फ लाग्यो । सजिलै विदेश पुग्यो काम पनि छोटो समयमै र सजिलो नै प्राप्त भयो । त्यसपछि उसले पहिलो एक महिनाको तलब घरमा पठायो । आमा बालाई विद्युतीय उपकरण चलाउन नआएको र घरमा कुनै पनि साधन नभएकोले पैसा निकालिदिन भनेर साहुको घर नै पुगे । उसले एक वर्ष भित्रमा नै सबै ऋण चुक्ता गर्न सफल भयो । यसरी नै दिनहरु बित्दै गए । रामप्रसादको काम गर्ने ठाउँबाट अन्त सरुवा भयो । उसले दुःखले फोन किन्यो तर घरमा भने केही पनि थिएन । त्यसैले उसले विदेशबाट छिमेकीकोमा सम्पर्क गरौं । अर्को महिना उसले पार्टटाइम पनि काम गर्न थाल्यो । हाप्ता, महिनामा एकपटक घरको हालखबर सोध्न पाउँथ्यो ।
यही कारणले गर्दा उसको जेठी छोरीले बाबासँग फोनको माग गरिन् । पढाइमा राम्रो र घरकी जेठी भाएकोले उनको कुरालाई अस्वीकार गर्न मिलेन । सुरु सुरुमा उनकी छोरी बाबासँग बोल्न र आमा बालाई सघाउन तिर लागिन् । यसरी नै दिनहरु बित्दै गए । एक दिन रन्जु फेसबुक भन्ने एप्प चलाउँदै थिइन् । त्यही समयमा एउटा समीर नाम गरेको व्यक्तिले उनलाई साथीको प्रस्ताव गरेको देखिन् र उनले पनि स्वीकार गरिन् । त्यही दिनमै समीरले सन्देश पठायो र रन्जुले पनि जवाफ दिइन् । यसरी नै उनीहरुको गफगाफ अघि बढ्दै गयो ।
यसैगरी, हप्ता, महिना बित्दै गयो । रन्जुको घरमा धेरै काम हुने भएकोले उनी अलि व्यस्त हुन थालिन् । त्यो कुरा उनीसँग बोल्ने व्यक्तिलाई थाहा थिएन । त्यसैले त्यस व्यक्तिले रन्जुलाई धेरै सन्देशका पठाउन थाल्यो । एकोहोरो प्रेममा डुबेसरी ‘तिमी बिना मर्छु’ भन्न थाल्यो । रन्जुले पनि उसको कुरा सुनेपछि ए सम्झाउन थालिन् । समीरले सधै विवाहको प्रस्ताव राख्न थाल्यो । रन्जुले भने आफ्नो बुबा उनका लागि दुःख गर्दैछ भन्ने कुरा सम्झाउँथिन् र केही वर्ष रोक्न तथा उमेर र पढाई पूरा हुन दिन्नु भन्छिन् । उनको त्यो फेसबुकको साथी भने एउटै कुरा बताइरहन्थ्यो । रन्जुलाई पनि उसले मलाई धेरै माया गर्छ क्यारे भन्ने लाग्न थाल्यो ।
यत्तिकैमा रामप्रसाद विदेशमा बिरामी परेको भन्ने खबर आयो । तर उनको छोरी रन्जुलाई भने आफ्नो परिवारको भन्दा चिन्ता समीरको नै लाग्न थाल्यो । यो कुरा उनको एकदम मिल्ने साथीलाई मात्र थाहा थियो । यसरीनै दिनहरु बित्दै, गए । एकदिन उनको मिल्ने साथीसँग मनमुटाव भयो । उनले त्यो गोप्य कुरा रन्जुको परिवारमा पुर्याइदिइन् । परिवारले उनलाई धेरै सम्झायो । रन्जुले पनि बुझेझैँ गर्दै भित्रभित्र प्रेम सम्बन्धलाई अघि बढाइरहेकी थिईन् । यही कारण उनको पढाइमा ध्यान कम जान थाल्यो ।
पढाइमा कमजोर भएको कुरा शिक्षकहरुले उनको परिवारमा खबर गरे । उनको परिवारले फेरी उनलाई सम्झायो तर रन्जु भने सम्झेझैँ मात्र गर्थिन् । यसरी नै निकै समय बित्यो । रन्जुको फेसबुक प्रेमीले फेरि विवाहको प्रस्ताव राख्यो । रन्जुलाई अस्वीकार गर्ने आँट नै आएन । उनी एक रात त्यो अपरिचित व्यक्तिसँग भागिन् । उनीहरु सहरको एउटा कुनो जुस्तो ठाउँमा डेरामा बस्न थाले । उता रन्जुको परिवार भने उनको खोजिमा लाग्यो । उता समिरको पनि खोजी भएछ । समीरको घरमा श्रीमती र दुई बच्चाहरु रहेछन् । यो कुरा रन्जुलाई थाहा थिएन ।
समीरकी श्रीमतीको नाम रिता थियो । उनले प्रहरी कार्यालयमा रिपोर्ट गरिन् । रिपोर्ट हालेको ३ महिनामा नै समीर पुलिसको फन्दामा पर्यो। रन्जु खुब रोई कराई । केही सोच्न सकिन र केही समयपछि आत्महत्या गरी । छोरीको स्वभाव देखेर रामप्रसादलाई रिस त नउठेको होइन तर व्यक्त गरेका थिएनन् । बरु उल्टै छोरीलाई एउटा बुबाको नाताले नआत्तिन सल्लाह भने दिइरहन्थे । एक दिन रामप्रसाद विदेशमा खाना खाँदै गर्दा अनलाइन खबरमा रन्जुको मृत्यु बारे शीर्षकमा आँखा पुर्याए । खोलेर समाचार पढ्दै जाँदा नाम, थर, ठेगानासहित छापिएको आफ्नै छोरीको दुःखद् अन्त्य सुनेर निकै आत्तिए । छिमेकीलाई फोन गरे । रन्जुको फोन भने बन्द थियो ।
रामप्रसाद अनेकौ कल्पना गर्दै छोरीलाई सम्झिँदै कम्पनीमा हाजिर हुन गए । अवस्थाले उनलाई नेपाल फर्की भनेको थियो । अर्काको देश, अर्कै कानून भनेजस्तो कहाँ हुन्थ्यो र । मिल्यो भने बिदा मागेर नेपाल फर्किन्छु भन्दै ऊ कार्यालय पुग्यो । काम गर्ने जाँगर नै थिएन तर पनि दिनभरी काम गरेर फर्किने बेलामा, उसले कम्पनी मालिकलाई रोएर आफ्नो समस्या व्यक्त गर्यो । कम्पनी मालिकले उसलाई अर्के एकवर्ष तिमीले छुट्टी पाँउदैनौ भनेर उल्टै गाली गर्यो। घर आउन नपाएपछि रामप्रसादलाई अरु पीडा बढ्न थाल्यो । मनमा के के चाहिँदा नचाहिँदा कुरा सोचेर ऊ कोठामा फर्किरहेको थियो । त्यही बेला बाटो काट्ने क्रममा उसलाई पछाडिबाट कारले ठक्कर दियो । तुरुन्तै उसलाई मान्छेहरुले अस्पताल पुर्याए । उ बेहोस थियो । होस खुलेपछि डाक्टरले भन्यो “तपाईंको एउटा खुट्टा भाँचिएको छ, ठिक हुन्छ नआत्तिनु होस् ।” अस्पतालको बेडबाट रामप्रसादले आफ्ना बुबा आमालाई फोन गरेर भन्यो“ बुबा, दुःखको घडीमा म आउन पाइनँ, नआत्तिकन समस्या मिलाउँदै जानुहोला ।”
कक्षा–१०, श्रमिक माध्यमिक विद्यालय, हेटौँडा–४