लागूऔषधसहित पक्राउ परेका तीनजना युवा ।

हेटौँडा : लागूऔषधसहित हेटौँडा–१४ का ३ जना युवालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो ४ बजेको समयमा हेटौँडा–१४, मयुरधापचोक नजिकै भित्री सडकमा २२ वर्षीय विकास तिमल्सिना, २६ वर्षीय कैलाश लामा र ३३ वर्षीय प्रकाश मगरलाई प्रहरीले लागूऔषध ट्रामाडोल १२० पिससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट मयुरधापबाट खटिएको प्रहरी गस्ती टोलीले सूचनाको आधारमा उनीहरुको शरीर तलासी गर्दा लागूऔषध बरामद भएको प्रहरीको भनाइ छ । मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर हिरासतमै राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।