व्यक्तित्व भनेको कुनै व्यक्तिको मनको मानको भावना अरुलाई व्यक्त गर्नु हो । व्यक्तित्व हरेक मानिसको जिवनमा महत्वपूर्ण हुन्छ । किनभने यदि मानिसले आफ्नो विचार व्यक्त गर्न नसकेको भए आजसम्म मानिसहरु ढुङ्गे हुन्थे । मानिस र पशुपन्छीबीच केही भिन्नता हुँदैन थियो । व्यक्तित्व विद्यार्थीदेखि शिक्षकसम्म सबैलाई आवश्यक पर्ने कुरा हो । यदि एक विद्यार्थीलाई व्यक्तित्व दिन आएन भने उसभित्र भएको उत्सुकताको बारेमा उस्ले जान्न सक्दैन । उसले कहिले पनि आफ्नो विचार राख्न सक्दैन । त्यसैगरी एक शिक्षकलाई पनि व्यक्तित्व दिन आएन भने उसले जतिसुकै शिक्षा हासिल गरेको भएपनि उसले आफ्नो भनाइ राम्रोसँग व्यक्त गर्न सक्दैन । एक साधारण मानिसका लागि पनि व्यक्तित्व महत्वपूर्ण हुन्छ । यदि उसलाई आफ्नो कुरा राख्न आउँदैन वा कसैलाई बुझाउनै सक्दैन भने उसले कहिले प्रगति गर्न सक्दैन । जुन मानिसले आफ्नो भनाइ व्यक्त गर्न सक्दैन । ऊ जीवनमा असफल हुने सम्भावना अत्यधिक हुन्छ ।
यसैगरी यदि मानिसले आफ्नो भावना राख्न सक्छ भने, मन्तव्य दिन सक्छ भने उसले आफ्नो जीवनभरिमा धेरै प्रगति गर्न सक्छ । ऊ कहिले पनि आफ्नो विचार राख्नबाट हिच्किचाउँदैन । त्यस मानिसले आफ्नो व्यक्तित्वको कलाले धेरै मानिससँग सम्बन्ध जोड्छ । त्यस मानिसले आफ्नो विचार राखिरहने बानीले उसको आत्मविश्वास पनि बढ्छ । उस्ले कुनै पनि समूहमा नेतृत्व गर्न सक्छ । उसले मानिसहरुसँग नाता जोडेर आफ्नो सामाजिक जीवनलाई बलियो बनाउन सक्छ । उसले जस्तो परिस्थितिमा पनि आफ्नो भनाइ राख्न सक्छ । त्यसकारण आफ्नो जिवनमा विभिन्न अवसरहरु प्राप्त गरेर सफल हुन सक्छ ।
कक्षा–८, बालज्योति मावि, हेटौँडा–५