अवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत भरत गौतम ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव भरत गौतम आउनुभएको छ । यसअघि उपसचिव सूर्यप्रसाद गौतम प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । सूर्यप्रसाद गौतम गत शुक्रबार जानुभयो भने आइतबारबाट उपमहानगरमा भरत गौतम हाजिर हुनुभएको छ ।

सहसचिव गौतम यसअघि सूचना विभागमा महानिर्देशक हुनुहुन्थ्यो । गौतम पहिलो पटक पालिकाको प्रमुख प्रशासकीय भूमिकामा हेटौँडा आउनुभएको हो । गुल्मीका गौतम २०५३ सालमा शाखा अधिकृतको रुपमा निजामति सेवामा प्रवेश गर्नुभएको हो ।

उपमहानगरपालिकामा सहसचिवको दरबन्दी भए पनि यसअघि उपसचिवलाई जिम्मेवारी दिइएको थियो । हेटौँडा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कार्यअवधि छोटो रहने गरेको छ । यसअघिका सूर्यप्रसाद गौतम गत असार १२ गते उपमहानगरमा हाजिर हुनुभएको थियो । त्यसअघि रामबाबु पुरी पनि छोटो अवधिमै सरुवा हुनुभएको थियो ।