सोमबार प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकलहरु ।

हेटौँडा : मोटरसाइकलको साइलेन्सर बिगारेर ठूलो आवाज निकाली ध्वनि प्रदुषण गर्ने मोटरसाइकलहरुलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालयको सक्रियतामा सोमबार हेटौँडा–४ बाट ६ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिनुभयो ।

प्रहरीले ध्वनि प्रदुषणसँगै मोटरसाइकलको वास्तविक स्वरुपमा परिवर्तन गरी चलाउने मोटरसाइकललाई पनि नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकलहरु कारवाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा पठाइएको प्रहरी निरीक्षक थपलियाले बताउनुभएको छ । ध्वनि प्रदुषण भएको भनी बारम्बार गुनासो आएपछि प्रहरीले विशेष अभियान नै सुरु गरेको र यसलाई निरन्तरता दिइने प्रहरी निरीक्षक थपलियाले बताउनुभएको छ ।