हेटौँडा ः नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकारिता क्षेत्रमा युवापुस्ताको आकर्षणसंगै चुनौति पनि थप भइरहेको बताउनुभएको छ । अध्यक्ष शर्माले पत्रकारिता क्षेत्रको सुदृढिकरण अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

शनिबार पत्रकार महासंघ मकवानपुरको नियमित कार्यसमिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले सामाजिक सञ्जाल र न्यु मिडियाहरुको आगमनसंगै पत्रकारिताको प्रकाशा तथा प्रसारणका सामाग्रीहरु कमजोर बनेको बताउनुभयो । कन्टेन्टहरु परिमार्जन गरी आम पाठक तथा दर्शकहरुको आवश्यकता अनुसारको व्यवसायिक पत्रकारिताको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

नागरिकहरुमा पत्रकारिता र समाजिक सञ्जालको फकरपन बुझाउन जरुरी रहेको उहाँको भनाई छ । नागरिकहरुमा सामाजिक सञ्जालमा लेखेका कुरा र समाचारमा आएका विषयलाई एउटै रुपमा लिदा थप समस्या भएको उहाँले बताउनुभयो ।

उनका अनुसार महासंघले पत्रकारहरुको समस्या, हकहित, सेवा सुविधा लगायतका विषयमा बहस गर्नेगरी कार्ययोजना निर्माणको तयारी भएको छ । नीति संचारप्रतिष्ठानलाई सामजिक सुरक्षा कोषमा समावेश गर्नेगरी छलफल अघि बढाइएको उहाँले बताउनुभयो ।