हेटौँडा ः हेटौँडा–१५, ठूलो सुकौलीका ९७ वर्षीय हरिबहादुर पाख्रिनको शौचालय जाने क्रममा लडेर मृत्यु भएको छ ।
शुक्रबार दिउँसो १२ बजेर ३० मिनेटको समयमा शौचालय जाने क्रममा लडेर घाइते भएका पाख्रिनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । दिउँसो १ बजेको समयमा हेटौँडा अस्पतालका चिकित्सकले स्वास्थ्यजाँच गर्दा पाख्रिनको मृत्यु भएको घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।