हेटौँडा ः जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको स्थापना दिवसको अवसरमा हेटौंडा–१४ स्थित अनाथ अपाङ्ग बाल पुनस्र्थापना केन्द्र मकवानपुरलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ । शुक्रबार संघका अध्यक्ष रामहरि तिमल्सिनाको अध्यक्षता तथा बीपी विचार समाज मकवानपुरका उपाध्यक्ष प्रदिप कोईरालाको प्रमुख आतिथ्यमा सहयोग हस्तान्तरण गरिएको हो ।
संघले १५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो । पाँचौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा केन्द्रका अध्यक्ष रामहरि कोईराला, केन्द्रका आजिवन सदस्य हरि प्रसाद पौडेल तथा संघका कोषाध्यक्ष राजु लम्साल, सचिव प्रल्हाद खनाल, संघका सदस्यहरु बिनोद कुमार चौलागाई, कृष्णप्रसाद चौलागाई, निशान गौतमको उपस्थिति रहेको थियो ।