सांकेतिक तस्वीर ।

हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिकामा एक किशोरको भीरबाट लडेर मृत्यु भएको छ । आइतबार साँझ ६ बजेको समयमा मनहरी–७, पेन्चे भिरबाट लडेर मकवानपुरको कैलाश गाउँपालिका–२, छाङदुङका १७ वर्षीय पावल प्रजाको मृत्यु भएको हो ।

मनहरीबाट छाङदुङतर्फ जाने क्रममा पेन्चे भिरबाट अन्दाजी ५० मिटर तल मनहरी खोलामा लडेर प्रजा घाइते भएका थिए । घाइते प्रजालाई आफन्तले उद्दार गरी उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज लगिएको थियो । प्रजाको सोमबार दिउँसो ३ बजेर ४० मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।