हेटौँडा : सुनुवार सेवा समाज मकवानपुरको प्रथम जिल्ला सम्मेलनले अर्जुनबहादुर सिकारी सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । बुधबार हेटौंडामा भएको सम्मेलनले उपाध्यक्षमा दीपक सुनुवार, सचिवमा रामबहादुर सिकारी सुनुवार, कोषाध्यक्षमा नारायण सुनुवार, सहसचिवमा चन्द्रबहादुर सुनुवार चयन हुनुभएको छ ।

प्रथम जिल्ला सम्मेलनबाट निर्वाचित सबैलाई सुनुवार सेवा समाजका संघीय अध्यक्ष अमृतबहादुर सुनुवारले सपथ ग्रहण गराउनुभयो । कार्यक्रम सुनुवार सेवा समाजका संघीय अध्यक्ष अमृतबहादुर सुनुवारको प्रमुख आतिथ्य तथा सुनुवार सेवा समाज तदर्थ समिति मकवानपुरका अध्यक्ष अर्जुनबहादुर सिकारी सुनुवारको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा संघीय उपाध्यक्ष तथ विदेश विभाग प्रमुख शिव सुनुवार, संघीय महासचिव एवं अनुशासन विभाग प्रमुख उत्तमकुमार सुनुवार, संघीय सचिव रमेश कुमार सुनुवार, सुनुवार सेवा समाज मकवानपुरका सल्लाहकार संयोजक ज्ञानचन्द्र सिकारी सुनुवार, सुनुवार सेवा समाज काठमाडौंका अध्यक्ष गोपालबहादुर सुनुवार लगायतले मन्तव्य व्यक्त गरेका गर्नुभएको थियो ।