अनिल बनियाँ ।

हेटौँडा : सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) मकवानपुरको अध्यक्षमा अनिल बनियाँ चयन हुनुभएको छ । बुधबार हेटौँडामा भएको भेलाले बनियाँको अध्यक्षतामा जिल्ला समिति चयन गरिएको हो ।

सिडेन मकवानपुरको उपाध्यक्षमा आयस श्रेष्ठ, सचिवमा सौरभ सुवेदी, कोषाध्यक्षमा सुमन भुजेल, सदस्यमा दिपेश सिंह भण्डारी, मनिष पाण्डे, विपिन राज वाग्ले, सतिश तिवारी र सरु खोटेजा चयन हुनुभएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।