जनकमान डङ्गोल

व्यङ्ग्य–स्यंग्य लेख्न आम्दैन हजुर मलाई । मैले लेख्ने भनेको चैं ‘च्वास्स र चुस्स’ हो । च्वास्स भनेको बिझाउने र चुस्स भनेको चैं घोच्ने हो । अब मैले डाम्न लागेको यो जिनिसले को–कोलाई बिझाउने हो र को–कोलाई घोच्ने हो ? यदि बिझायो र घोचिएको रच्च भने गोराको भाखामा ‘सरि’ भनेँ ।

यो चुस्सको माथि खप्परे निधाराँ मैले ‘डाम्ना…रु’ भनेर लेखेँ ! ‘डाम्ना’ भनेको कुनै धातुलाई पोलेर सजिब तथा निर्जीव जिनिसमा छाप हान्ने जसलाई काँठे भाका डाम्ने भच्च भने त्यस्तो डाम्ने काम गर्ने मुन्च्चिलाई ‘डाम्ना’ भच्चन र एकबाट दुई अर्थात् बहुवचन भसी ‘हरु’ लाग्च्च । त्यहिभर छोटो मिठो चिटिक्कको खांँटी काँठे भाकामा डाम्नामा ‘रु’ जोडेर ‘डाम्नारु’ भनिएको हो ।

हिन्दु धर्म मान्नेहरु एकथरीले गाई माताको पुत्र बहरलाई भौवान, भोलेनाथको अचुक अस्त्र त्रिशुललाई पोलेर लाल रंगजस्तो भएसी बरा बहरको पुट्ठोमा डामेर छाडने चलन छ । त्यो त्रिशुलले डामेको बहरलाई लोकले ‘साँढे’ भनेर नाम दिएका छन् । बहर मात्रै भाको भे लिदी फर्किने गरी हलीले बाह्र घण्टा खेत–बारीमा जोतेर सिजनको बेलामा अझ रातभर कोलमा लगेर टुप्पी रिन्गाको जसरी घुमाउँथ्यो, तर डामेको काइदाले भाको फाईदा नै साँढे हुनु हो । साँढेलाई जोताउनु हुन्न है । जोतायो भने पाप लाग्च्च भन्ने भनाई छ ।

भगवान भोलेनाथको बाहन पनि साँढे हो जस्लाई नन्दीमाराज पनि भन्ने चलन छ । यी नन्दी माराजलाई सय खत माफी छ रे । दुःखी, गरिप किसानले दुःख गरेर रोपेको बालीनालीमा मज्जाले भोजन गर्दै कन्येदेखि थारी गौमातासम्मलाई यिनले सित्तैमा हकभोग गच्र्चन् । यिनका अगाडि अरु कुन मईकालाल बहरको जोड चल्दैन । बिना काम धन्दा सित्तैमा जलपानदेखि भोजन गरेसी साँढे कौरेट सुमो पहलमान जस्तै नहुने ता कुरै भएन ।

खाँट्टी नेपाली भाकामा डाम्ने भनेको छाप्ने पनि हुन्च्च । बहरको पुट्ठो होस् या कागज वा धातुमा पनि डाम्नुनै हो क्यार । हिजोआज बिजुलीले डाम्ने जिनिस चलाउनेदेखि तयार पार्नेहरु चैँ ‘डाम्नारु’ भए । हिजाज खबर कागजाँ मात्रै ‘डाम्ना…रु’ ले डाम्दैनन् । बिजुली पत्रिका अनलाईनदेखि सामाजिक सञ्जाल भन्ने फेसबुक, ट्वीटर–फुईटर समेतमा निर्धक्कसँग डाम्च्चन् । त्यै भर को पत्रकार को अलपत्रकार खुट्याम्नुनै गारो छ हाव ।

नेपालमा विदेशीले हुल्देको प्रजातन्त्रदेखि गणतन्त्रसम्ममा आईपुग्दा भौवान भोलेनाथको प्रिय नन्दीमाराज जस्तै का ‘डाम्ना…रु’ छन् । यी ‘डाम्ना…रु’ ले डामेको सुल्टोलाई उल्टोदेखि उल्टोलाई सुल्टो पार्नसम्म कुनै रोकटोक छैन । अकबर बादसाह भन्दानी डेन्जर माथिको खतरा हुन यी ‘डाम्ना…रु’ ।

आठ ठाउँमा बाङ्गेको जिनिसलाई अस्टबक्र भनिन्च्च । कुनै जमानामा यस्तो जिनिस देखाएर अकबरे महाराजले भाइ–भारदारदेखि हुक्के बैठकेलाई ‘हेर त कस्तो सिधा रुख’ भनेर सोध्थेरे । च..चा..चु का फौजले महाराजले देखाइबक्सेको त्यो रुख त आहा कस्तो सिधा रच्च माराज भनेर भन्थेरे । तर त्यहि हुलमा ‘महाराजको आँखा फुट्या हो कि मेरो गर्धन चिलाको हो ? म त सिधै देख्छु’ भन्नेमा एक जना बीरबल भन्ने काजी पनि थिए रे । त्यस्तो भनेको वापतमा महाराजको हुकुम काट्ने भन्दै ति बीरबल काजी देश निकाला पर्थे रे । तर अहिलेको नेपालमा चटके अकबरे बादशाहहरुको राज छ । चटके अकबरे बादशाहको राजमा अस्टबक्रे रुखलाई सिधा भन्ने ‘डाम्ना…रु’को जमातेहरु गन्दे झार सरि उल्कासित मौलाछ ।

अपराधको दुनियाँमा एकछत्र राज गर्ने अपराधीको नाईकेलाई गोराको भाखामा डन भंच्च । हिजो राणाको शासन होस् वा २०४६ सालपछि च्याउ जसरी उम्रेको पार्टी र तिनका संगठनहरुमा यिनीहरुकै बोलवाला छ । रेडियोदेखि टिभी, खबर कागजदेखि अनालाईना समेत यिनै ‘डाम्ना…रु’ को बोलवाला छ । बाध्य भएर हेर्ने, सुन्ने देखि पढ्नु पर्ने । राणाको शासन होस् वा प्रजातन्त्रदेखि अहिलेको लोकतन्त्र भन्ने गणतन्त्रमा यिनै ‘डाम्ना…रु’ का लागि ह्याप्पी ह्याप्पी चाँदी कटाई भाको छ ।

महिनाको लाखौँ लाखदेखि दूई पाँच हजारमा गुजारा चलाम्ने यी डाम्ना…रु को कथा–व्यथा लेखी साध्य छैन । पराईको आदेशमा धर्म, संस्कृतिदेखि व्यवस्थासम्मको बिरुद्धमा हिजो आँखा चिम्लेर डाम्ने यी डाम्ना…रु आजकाल धर्म र संस्कृतिदेखि जातीयता र क्षेत्रीयताको विरुद्धमा लागेका छन । देशभक्त बीरबल जस्ताहरुले यिनीहरुको बिरुद्धमा बोल्नासाथ अरिंगालको गोला जस्तरी खनिएको देख्दा यो ‘चुस्सकर’ तीन छक्क पर्दै भौवान भोलेनाथ, शान्ति देउता भौवान गौतम बुद्धको देशमा भष्मासुरहरुलाई किन जन्माइयो भन्दै गम खाँदै बस्नु परेको छ ।