सांकेतिक तस्वीर ।

हेटौँडाः काभ्रे जिल्लाको धुलिखेल नगरपालिका–१२ शंखुमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् । मृत फेला पर्नेमा मानव कल्याण सेवा समाज घरमा बस्दै आएकी ३५ वर्षीया माईली मानव मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मगर शनिबार बिहान ८ बजेर ५५ मिनेटको समयमा आफै सुत्ने ओछ्यानमा मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । मगरलाई २०७६ साल चैत १० गते भक्तपुर सूर्यबिनायक नगरपालिका–७, गुण्डुबाट बेवारिसे अवस्थामा फेला पारी मानव कल्याण सेवा समाज घरले उद्दार गरी संरक्षण गर्दै आएको थियो । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।