हेटौँडाः नेकपा माओबादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) थाहा नगर कमिटीको अध्यक्षमा केशव सुनार चयन भएका छन् । वाईसीएल नेपाल थाहा नगर कमिटीको आईतबार सम्पन्न अधिवेशनबाट सुनारलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
सुनारको अध्यक्षतामा १३ सदस्य पछि मनोनित गर्नेगरी ७३ सदस्यीय नगर कमिटी चयन गरेको छ । कमिटीमा मनोनित गर्ने सदस्य र पदाधिकारीको चयन पहिलो बैठकले गर्ने वाईसिएल थाहा नगरले जनाएको छ । सम्मेलनको उद्घटन शनिबार नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको थियो ।