सांकेतिक तस्वीर ।

हेटौँडाः हेटौँडा–११, थानाभर्याङमा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षीय बिहान थोकर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

आइतबार दिउँसो १ बजेर ३० मिनेटको समयमा घर नजिकै रहेको पानीको कुलोमा डुबेरका बालकलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा दिउँसो २ बजेर १५ मिनेटको समयमा डाक्टरले बालकलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।