कैलाश गाउँपालिका र पत्रकार महासंघको खेलको क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हेटौंडामा मैत्रीपुर्ण भलिबल प्रतियोगिता सुरु भएको छ । मंगलबार बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछानेको सभाध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा प्रतियोगिता सुरु भएको हो ।

हेटौंडा–४ स्थित हुप्राचौरमा भएको प्रतियोगिताको उद्घाटन खेलमा कैलाश गाउँपालिकाले पत्रकार महासंघलाई पराजित गरेको छ । कैलाशले २५–१३, २३–२५ र १५–११ सेटले पत्रकार महासंघलाई हराएको हो । प्रतियोगिता अन्तर्गत दोस्रो मुख्यमन्त्री कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ बीच भइरहेको छ ।

बुधबारसम्म सञ्चालन हुने प्रतियोगिता १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो । उहाँलेस्वास्थ्यसँगै देशको गौरव जोडिएको खेल क्षेत्रलाई प्रदेशमा महत्वपुर्ण लगानीको वातावरण तयार गरिने बताउनुुभयो ।